चन्द्रगिरी गोल्डकप २०७४io ,82as .w6% .akted:emees camio
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | चन्द्रगिरी भक्तपुर |
| मिति | २०७४, कार्तिक २४ गतेदेखि मंसिर गतेसम्म |
| टोलीहरू | ८ |
| स्थान(हरू) | १ (१वटा ) |
| अन्तिम स्थान | |
| विजेता | |
| उप-विजेता | |
| प्रतियोगिता तथ्याङ्क | |
| जम्मा खेल | 7 |
| सर्वाधिक गोलकर्ता | धिरज श्रेष्ठ (फ्रेन्डस् क्लब) |
| उत्कृष्ट खेलाडी | विसन गुरुङ (हिमालयन शेर्पा) |
चन्द्रगिरी गोल्डकप २०७४ चन्द्रगिरी गोल्डकपको पहिलो संस्करण हो । जुन २०७४ सालमा कार्तिक र मंसिरमा संचालन भएको थियो।४ वर्ष पछि एन्फाको कारबाही पछि पहिलो फाइनल खेलेको हिमालयन शेर्पा क्लबले फाइनलमा विभागिय टिम एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो चन्द्रगिरी गोल्डकपको उपाधि चुमेको थियो ।
विषयसूची
- १ सहभागी टिमहरू
- २ खेलहरू
- २.१ सेमिफाइनल
- २.२ फाइनल
- ३ पुरस्कार राशि
- ४ पुरस्कारहरू
- ५ सन्दर्भ सामाग्रीहरू
सहभागी टिमहरू[सम्पादन गर्ने]
प्रतियोगितामा आयोजक ब्राइट युथ क्लब सहित ‘ए’ डिभिजनका ७ टिम गरी कुल ८ टिमको सहभागिता रहेको थियो ।
- हिमालयन शेर्पा क्लब
- एपीएफ क्लब
- फ्रेन्डस् क्लब
- नेपाल आर्मी क्लब
- संकटा क्लब
- नेपाल पुलिस क्लब
- ब्वाइज युनाइटेड क्लब
- ब्राइट युथ क्लब(आयोजक)
खेलहरू[सम्पादन गर्ने]
सेमिफाइनल[सम्पादन गर्ने]
| १-० | ||
|---|---|---|
| १-२ | ||
|---|---|---|
फाइनल[सम्पादन गर्ने]
अतिरिक्त समयमा फ्रेण्ड्स क्लवमाथि ३-१ को जित हासिल गर्दै हिमालयन शेर्पा क्लवले पहिलो चन्द्रागिरी फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।२०७४ मंसिर ०५ गते निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको खेलमा हिमालयन शेर्पाले २ गोल गरेको थियो ।
शेर्पालाई जिताउन विसन गुरुङ, बिदेशी खेलाडीहरु पियुस हेनरी र सेडरिक अवाले गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा फ्रेण्ड्सले अग्रता लिएको थियो । ६१औं मिनेटमा फ्रेण्डसका लावलको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । गोल गरेको केहि समयपछि नै फ्रेण्डसका रुमेश बर्ताैला दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि फ्रेण्डस दवावमा आयो । त्यसपछि लगातार दवाव झेलेको शेर्पाले अन्तिम एक मिनेट शेर्पालाई रोक्न सकेन । शेर्पाका विसन गुरुङले बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा शेर्पाले खेलमा अग्रता बनाएको थियो । शेर्पाका लागि पियुस हेनरीले गोल गरेका थिए । ११८ औं मिनेटमा अर्का विदेशी खेलाडी सेडरिक आवाले गोल गर्दै शेर्पाको जित पक्का गरेका थिए । शेर्पाका सेडरिक आवा खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।
| ३-० | ||
|---|---|---|
पुरस्कार राशि[सम्पादन गर्ने]
- विजेता:-रू.५ लाख
- उप-विजेता:-२ लाख ५० हजार
पुरस्कारहरू[सम्पादन गर्ने]
हिमालयन शेर्पा क्लबका विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । फ्रेण्ड्सका कप्तान धिरज श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनीहरुले समान ३०-३० रुपैया प्राप्त गरे ।
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
| ||||||
| ||||||||||||||||||||||||||